२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

बढ्यो श्रमिकहरूको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय

बढ्यो श्रमिकहरूको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय

काठमाडौँ- श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १ गतेदेखि नै लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको बिहीबार राजपत्र प्रकाशित गर्दै जानकारी गराएको छ।

श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम श्रमिकको मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुर्‍याइएको हो।

वृद्धि गरिएको पारिश्रमिकमा चिया बगानबाहेकका श्रमिकको मासिक आधारभूत १० हजार ८२०, महँगी भत्ता ६ हजार ४८० गरी १७ हजार ३०० पुर्‍याइएको छ।

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमात्रै थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij