२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

विपदमा परेका नागरिकका फाइल खोल्न गृहमन्त्रीलाई सांसद खतिवडाको सुझाव

विपदमा परेका नागरिकका फाइल खोल्न गृहमन्त्रीलाई सांसद खतिवडाको सुझाव

काठमाडौं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले पहिरो पीडितहरूलाई राहत र पुनरवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सांसद खतिवडाले ओखलढुंगासहित देशभर विपद्बाट पीडित भएकाहरूलाई आवश्यकताअनुसार राहत र पुनरवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् ।

खतिवडाले बाढीपहिरोका कारण देशभर धनजनको क्षति भएको उल्लेख गर्दै ओखलढुङ्गाका विभिन्न स्थानमा पनि बाढी पहिरोले जनधनको भएको र घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौंमा उपचार भइरहेको सदनलाई जानकारी गराए। खानेपानी, विद्युत् तथा इन्टरनेट सेवा आपूर्ति, सिँचाइलगायत अत्यावश्यक सेवामा बाधा पुगेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद खतिवडाले एक वर्ष हुँदासम्म त्यहाँका पहिरो पीडितहरुका लागि गृहमन्त्रालयअन्तरगतको विपद प्राधिकरणले प्रभावकारी काम नगरेको भन्दै आपत्ति जनाए। एक वर्षअगाडि ताप्लेजुङ र ओखलढुंगामा भएका विपदका फाइलहरू गृहमन्त्रालयमा थन्किएर रहेको उनको भनाइ छ।

खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई विपदमा परेकाहरूको फाइल हेर्न समेत आग्रह गरे । उनले भने, ‘गत वर्ष असार ७ गतेका दिन ओखलढुंगामा एकै गाउँमा बाढीले ४ जनाको मृत्यु भएको थियो। झन्डै २३ घरधुरी क्षति भएका थिए भने १५० बढी घरधुरीहरू विस्तावित भएका थिए। म गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, तपाईं धेरै फाइलहरू हेरिरहनु भएको छ । कमसेकम विपदमा परेका फाइलहरू,जनतालाई राहत दिने फाइलहरू, पुनस्र्थापना दिने फाइलहरू, फाइलबाट जनतालाई राहत हुन्छ भने त्यस्ता फाइलहरू हेर्न गृहमन्त्रीको ध्यान जाओस्।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij