२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रदीप गिरिको पहिलो स्मृति दिवस: काठमाडौँदेखि काशीसम्म यात्रा गरिँदै

प्रदीप गिरिको पहिलो स्मृति दिवस: काठमाडौँदेखि काशीसम्म यात्रा गरिँदै

काठमाडौँ- समाजवादी चिन्तक, लोकतान्त्रिक चेतनाका मूल एवं नेपाली कांग्रेसका वैचारिक नेता प्रदीप गिरिको पहिलो स्मृति दिवस मनाइने भएको छ।

प्रदीप गिरिको पहिलो वार्षिकीको अवसर पारेर प्रदीप गिरि पावन स्मृति आयोजक समितिले यही भदौ २ गतदेखि भदौ ५ गतेसम्म ‘प्रदीप गिरिको पावन स्मृतिमा: लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म’ कार्यक्रम आयोजना गर्ने भएको छ।

चार दिवसीय कार्यक्रम अन्तर्गत भदौ २ गते बिहान काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरबाट नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं- काशी यात्राको उद्घाटन गर्ने र यात्रीहरूको बिदाई गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

यात्राका क्रममा विभिन्न स्थानमा श्रद्धाञ्जली सभा पनि आयोजना गरिनेछ। यात्रा समापन हुने वाराणसीस्थित गंगा नदीमा प्रदीप गिरिको अस्तु विसर्जनपछि वनारस हिन्दु विश्वविद्यालयमा श्रद्धाञ्जली सभा आयोजना गरिने आयोजकले जनाएको छ।

प्रखर समाजवादी चिन्तक गिरिको ७५ वर्षको उमेरमा गत भदौमा निधन भएको थियो। नेता गिरि घाँटीको क्यान्सरबाट पीडित थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij