महेन्द्रनगर– कञ्चनपुरमा शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर जंगली हात्ती मरेको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनमा रहेको शौचालयक सेफ्टिक ट्याङ्कीमा फसेर हात्ती मरेको हो।
हात्ती बुधबार राति शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेको हुनसक्ने बताइएको छ। बिहीबार बिहान मरेको अवस्थामा, सेफ्टिक ट्याङ्कीमा हात्ती फेला परेको थियो।
शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर हात्ती मरेकोबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij