२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

चन्द्र भण्डारीको शल्यक्रिया सफल

चन्द्र भण्डारीको शल्यक्रिया सफल

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ।

करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते भएका उनको बुधबार कीर्तिपुरस्थित बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो।

अस्पतालका प्लाष्टिक सर्जन प्रा डा शंकरमान राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गरिएको जानकारी दिए । उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा तिम स्प्रौलसमेत नेपाल आएका थिए।

सांसद भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले भण्डारीको पाँच घण्टा लगाएर सफल शल्यक्रिया सम्पन्न भएको र अहिले उनलाई होस् आएको बताए। नेता भण्डारीलाई अहिले सघन उपचारकक्षमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij