२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचारका पाँचवटा मुद्दामा दोषी ठहर

दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचारका पाँचवटा मुद्दामा दोषी ठहर

काठमाडौँ- विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचारका पाँचवटा मुद्दामा दोषी ठहर गरेको छ।

विशेष अदालतका न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको मंगलबारको इजलासले रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकसाथ दायर गरेका पाँच मुद्दामा कसुर ठहर गर्दै सजाय सुनाएको हो।

रिजालविरुद्ध माघ २०७६ माघ २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचवटा मुद्दा चलाएको थियो। ती सबै मुद्दामा उनी दोषी ठहर भएको फैसला विशेष अदालतले सुनाएको हो।

रिजाललाई एउटा मुद्दामा एक वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएको छ। त्यही मुद्दामा उनलाई त्यति नै रकम बिगो असुलउपर गर्न पनि फैसला भएको छ।

अदालतले तोकेको बिगोमा दुई लाख रुपैयाँ उनको बैंक खाताबाट जफत गरिनेछ। अन्य बाँकी दुई लाख उनले जम्मा गर्नुपर्ने भएको छ।

रिजालले दोलखामा प्रजिअ हुँदा घुस लिएर भ्रष्टाचार गरेको प्रमाण भेटिएपछि अख्तियारले मुद्दा चलाएको थियो।

जिल्ला प्रशासन कार्यालयले हेर्ने मुद्दाका प्रतिवादीलाई धरौटीमा रिहा गर्नका लागि रिजालले चार लाख रुपैयाँ घुस लिएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij