२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

नेपाल भारत सीमामा काँडेतार लगाउन रघुजी पन्तको माग

नेपाल भारत सीमामा काँडेतार लगाउन रघुजी पन्तको माग

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँग खुला सीमा भएकाले तराईमा आपराधिक घटना बढेको दाबी गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा सांसद पन्तले सिमानामा काँडेतार लगाएर विस्तारै पासपोर्ट प्रणालीमा जानुपर्ने बताएका हुन् । उनले नेपाल–भारतबीच अहिले खुला सिमाना भएकाले अपराध नियन्त्रणका लागि सीमालाई व्यवस्थित गर्नुपर्ने बताए ।

उनले भने, ‘केही दिनदेखि लगातार तराईमा मानिसहरु मारिएका, दिउँसै गोली हालेको समाचार आइरहेका छन्। यसको मूल कारण खुला सीमाना हो । उताबाट आउँदा पनि भारतसँग आइडी कार्ड, आधार कार्ड हेर्न सकिन्छ, यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ। विस्तारै त्यहाँबाट सुरु गरेर काँडेतार लगाउँदै सीमालाई व्यवस्थित गर्दै, यो पासपोर्ट सिस्टममा हामीले जानैपर्छ।’

सीमा व्यवस्थापन गर्न सशस्त्र प्रहरीलाई साधन स्रोत दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij