२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

संसद बैठक बस्दै, एमालेको अडान कायमै

संसद बैठक बस्दै, एमालेको अडान कायमै

काठमाडौं : निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आजका लागि पनि बोलाइएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि पुरानै कार्यसूचीका विषयहरु छन्। तर आजको बैठक पनि चल्ने सम्भावना भने न्यून छ। यसअघि साउन २४ गते र २६ गतेको बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो भने २२ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो।

क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको एमालेले २३ गतेको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्ने भएपछि अवरोध गरेको थिएन।
तर गृहमन्त्रीले सम्बोधन गर्दा उच्चस्तरीय छानबिन समिति गठन गर्ने आश्वासन नदिएपछि एमालेले तत्कालै संसद अवरुद्ध गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरुको संलग्ता रहेको भन्दै एमालेले साउन १० गतेदेखि संसद चल्न दिएको छैन।

हिजो पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय समिति र गृहमन्त्रीको राजीनामा एमालेको अडान रहेको स्पष्ट पारेका छन्।

यस्तो छ कार्यसूची

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij