२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

नयाँ संसद भवनभित्र मदिरा पिउने बार राखौंः राजेन्द्र बजगाईं

नयाँ संसद भवनभित्र मदिरा पिउने बार राखौंः राजेन्द्र बजगाईं

काठमाडौं । नेपाली कांग्रेसका एकजना सांसदले बन्दै गरेको नयाँ संसद भवनमा मदिरा पिउने बार बनाउन प्रस्ताव गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद राजेन्द्र बजगाईंले विदेशी पाहुनाको सत्कारका लागि बार बनाउन प्रस्ताव गरेका हुन् ।

उनले आफू सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस पुग्दा त्यहाँ बार देखेको र त्यसबाट आफू प्रभावित भएकाले नेपालमा पनि नयाँ संसद भवनमा बार राख्न सभामुखको ध्यानाकर्षण गराए ।

उनले भने, ‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस गएको थिएँ। कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ। सिनेटमा आतिथ्यता गर्न जाने पाहुना पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ । त्यहाँ डेमेक्रेट्सहरुले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् र रिपब्लिकनहले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स पनि खान पाइन्छ । अधिकांश माननीय मदिरा पिउनु हुन्न । मैले लण्डन स्कुल अफ इकोनमिक्समा जाँदा पनि क्यान्टिनमा बार देखें । त्यसको लिमिटेशन हुन्छ। त्यसपछि मैले अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? यो पर्यटकीय हिसाबले महत्वपूर्ण छ ।’

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij