२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

शुक्रबार र आज बसेको संसदीय दलको बैठकमा ५० जना सांसदहरूले धारणा राखेका छन् । बैठक आज सकिने बताइएको छ ।

बैठकमा धेरै विषयमा कुरा उठेको र ती विषयहरूलाई समेटेर महत्वपूर्ण प्रस्ताव पारित गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेस संसदीय दलको बैठकमा सरकार बदल्ने, ढाल्ने वा अर्को बनाउने विषयमा कुनै छलफल नभएको नेताहले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij