काठमाडौँ- नायिका एवं हालै नागरिक उन्मुक्ति पार्टी छोडेकी एलिजा गौतम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन्।
उनले भेटपछि ओलीको प्रसंशा गरेकी छन्। ‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता। भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, उर्जा र मार्गनिर्देशनप्रति अनुग्रहित छु’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘आजको भेटमा यहाँको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ।’
ओलीसँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने आफ्नो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्ने एलिजाको विश्वास छ।
ओली निकट स्रोतका अनुसार गौतम पछिल्लो समय एमाले नजिक रहेकी छन्। नागरिक उन्मुक्ति छाडेसँगै अन्य एमाले नेतासँग पनि गौतम छलफलमा रहेको एमाले स्रोतको दाबी छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij