ताप्लेजुङ । अविरल वर्षापछि बिहीबार बिहान आएको बाढीले ताप्लेजुङमा काठेपुल बगाएको छ। जिल्लाको फाक्तालुङ गाउँपालिका–५स्थित सिवासा खोलामा आएको बाढीले काठे पुल बगाएको हो ।
वडाअध्यक्ष देउप्रसाद लिम्बूका अनुसार लेदोसहितको बाढीले काठेपुल बगाएको हो । काठे पुलबाट स्थानीय आवतजावत गर्थे भने साना सवारीसाधन गुड्ने गरेका थिए । पुल बगाएसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij