२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

बजेट पुस्तिका अध्ययनका लागि संसद बैठक दुई दिन स्थगित

बजेट पुस्तिका अध्ययनका लागि संसद बैठक दुई दिन स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख देवराज घिमिरेले आज बिहान बोलाएको मुख्य दलका प्रमुख सचेतकहरूको बैठकमा दलहरूले अध्ययनका लागि समय माग गरेपछि विनियोजन विधेयकमाथिको छलफल मंगलबारदेखि मात्रै प्रारम्भ हुने भएको हो ।

आज बोलाइएको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची तोकिएको थियो । तर विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययन गर्नुपर्ने भन्दै दलहरूले समय मागेका थिए ।

बैठकमा उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij