२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

मधेसमा मुख्यमन्त्रीको प्रस्ताव अस्वीकार गर्यौंः अध्यक्ष नेपाल

मधेसमा मुख्यमन्त्रीको प्रस्ताव अस्वीकार गर्यौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेसमा पुरानो गठबन्धनबाट मुख्यमन्त्रीको प्रस्ताव आएपनि पार्टीको हितलाई मध्यनजर गर्दै नयाँ गठबन्धनकै निर्णयअनुसार अघि बढेको बताएका छन् ।

पार्टीको कोशी सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले मुख्यमन्त्रीको प्रस्ताव त्यागेर मुलुकको परिस्थितिअनुसार पनि केन्द्रको गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था रहेको बताएका हुन् ।

उनले भने, ‘यही पुरानै गठबन्धनमा बस्नुुस्, मुख्यमन्त्री लिनुस् भनेर मधेस प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आएको थियो । तर अहिले यसो गर्नु उचित हुँदैन भन्ने हामीले सोच्यौँ र प्रस्ताव अस्वीकार गर्यौं । परिस्थितिअनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था छ ।’

उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको भूमिकालाई सकारात्मकरूपमा लिएको बताए। उनले समाजवादी मोर्चालाई पुनर्गठन गरेर अघि बढ्ने प्रयास भइरहेको बताए।

मुलुकलाई समाजवादको बाटोतर्फ अघि बढाउन जनवादी क्रान्तिको आवश्यकता पर्ने उनको भनाई थियो । उनल पार्टीहरूको प्रवृतिको विरोध गर्ने गरे पनि अहिलेको संक्रमणकालीन अवस्थामा कुनै दललाई शत्रु घोषित नगर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij