२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अमेरिकाको अस्टिनमा प्रकाश सपुतले सांगितिक प्रस्तुति दिने

अमेरिकाको अस्टिनमा प्रकाश सपुतले सांगितिक प्रस्तुति दिने

अमेरिका । चर्चित गायक प्रकाश सपुतले अमेरिकाको अस्टिनमा सांस्कृतिक प्रस्तुति दिने भएका छन् ।

आत्रेय प्रोडक्सन हाउसले नेप्लीज इन्टरटेन्टमेन्ट अस्टिनसँगको सहकार्यमा आगामि १६ जुनमा आयोजना गर्न लागेको नेपाली कल्चरल इभेन्टमा गायक सपुतसहितका कलाकारहरुले प्रस्तुति दिन लागेका हुन् । कार्यक्रम अस्टिनको क्राउन इभेन्ट सेण्टरमा आयोजना हुनेछ । प्रकाश सपुतसँगै शान्ति भण्डारी, छविराज सुनार, सत्य थापाका साथ डिजे समिरले कार्यक्रममा विशेष प्रस्तुति दिनेछन् ।

अमेरिकामा रहेका नेपाली समुदायलाई नेपाली कला संस्कृतिसँग जोडीराख्न कार्यक्रम सफल हुने विश्वास आयोजकले लिएको छ । ‘अमेरिकामा रहेका नेपालीहरुलाई नेपाली सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गर्नुमात्रै नभएर नेपाली कलासंस्कृतिसँग जोडिराख्नु कार्यक्रमको उद्देश्य हो’ , आयोजकको भनाई छ । अमेरिकामै जन्मिएका नेपाली बालबालिकाले पनि नेपाली सांस्कृतिक कार्यक्रममार्फत नेपालको सांगितिक सांस्कृतिक धरातलबारे बुझ्ने मौका पाउनेछन् ।

सांस्कृतिक कार्यक्रममा ७ सय जनासम्म नेपालीहरु सहभागि हुने अपेक्षा गरिएको छ । जुन १६ तारिखमा साँझ ६ बजेदेखि २ बजेसम्म चल्ने नेपाली कल्चर इभेन्टमा चर्चि गायक प्रकाश सपुतले आफ्ना चर्चित गीतहरु गाउनेछन् । पछिल्लो सयम नेपाली सांस्कृतिक क्षेत्रमा सपुतले विशिष्ट पहिचान बनाएका छन् । सपुतका बोलमाया, गलबन्दी, पीर, सकम्बरी लगायतका गीतहरु चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij