२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सतिश सिंहलाई मधेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

सतिश सिंहलाई मधेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

जनकपुरधाम । जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीका सचिव विपी साहले पार्टीको केन्द्रीय सचिवालय बैठकबाट सिंह मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।

सिंह सप्तरी क्षेत्र नं. २ (क)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । आज बस्ने गठबन्धन दलको बैठकबाट कुन पार्टीबाट कसलाई मन्त्री नियुक्त गर्ने निर्णय गर्ने तयारी रहेको साहले बताए ।

बुधबार प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेता सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी छन् ।

जनमतको नेतृत्वमा नयाँ सरकार गठनका लागि चार दलबीच पहिल्यै सहमति भइसकेको छ। नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच नयाँ सरकार गठनका लागि सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij