काठमाडौँ । काठमाडौँको दक्षिणकालीमा मोटरसाइकलबाट खसेर दुई जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा मूल सडकबाट खसेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा एक जना महिला र एक पुरुष छन् । घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ । भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij