२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नेपाल टेलिकमको १० लाखको रिचार्जकार्ड हरायो

नेपाल टेलिकमको १० लाखको रिचार्जकार्ड हरायो

काठमाडौँ– नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ। टेलिकमले ढुवानी गर्ने क्रममा ति कार्ड हराएको हो। कार्ड हराएपछि टेलिकमले एक सूचना जारी गरेको छ।

बुधबार सूचना जारी गर्दै टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो।

टेलिकमका अनुसार स नं ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको बताएको छ।

ती कार्ड खरिद नगर्न समेत टेलिकमले अनुरोध गरेको छ। टेलिकमले यदी ति कार्ड कतै भेटिएमा नजिकैको दुरसंचार कार्यालयमा बुझाउन पनि अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij