२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं : संघिय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।

क्विन्टल सुन प्रकरणमा संसदिय छानविन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालले बैठक अवरोध गर्दै आएकोमा हिजो गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न तयार भएपछि सदन चलेको हो। तर हिजो बैठक कार्यसूचिमै प्रवेश नगरी सकिएको थियो।

आज दुवै सदनमा यसअघि निर्धारण गरिएको कार्यसूचि नै राखिएको छ। प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूचि छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराइनेछ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यअवधि थप गरिएको बारे बाधा अडकाउ फुकाउ आदेश सदन समक्ष पेश हुने संसद सचिवालयले जनाएको छ।

यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्नेछन्। आजको बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचना सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूचि छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसैबिच राष्ट्रियसभाको बैठकमा आज राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण र कार्यभार तोकिएकोबारे पत्र जानकारी गराउने कार्यसूचि छ।

यस्तै विधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुका अध्ययन प्रतिवेदन २०८० सभा समक्ष पेश गर्नेछिन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij