२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

संसद्‌मा एमालेको प्रश्न- सीआईबीले गृहमन्त्रीको बयान लिन सक्छ?

संसद्‌मा एमालेको प्रश्न- सीआईबीले गृहमन्त्रीको बयान लिन सक्छ?

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि बयान लिनुपर्ने बताएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले गृहमन्त्रीमाथि कसले छानबिन गर्ने भन्दै प्रश्न गरेका हुन्।

‘म गृहमन्त्रीजीलाई भन्न चाहन्छु, तपार्ईको पोलिटिकल कमिसार को छ? फिल्ड कमिसार को छ? तपाईंको आदेश फिल्ड कमिसारले मानेको छैन कि सूचना भेरिफाइ गर्नुभएको छैन? गृहमन्त्रीजीसँग पनि बयान कसले लिन्छ? सीआईबीले लिन्छ?,’ भट्टराईले भने, ‘राजस्व अनुसन्धानले लिन्छ? अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयमाथि पनि हाम्रो प्रश्न छ। राष्ट्रिय अनुसन्धान विभागमाथि हाम्रो प्रश्न छ। यत्रा निकाय विमानस्थलमा हुँदा कहाँ सुतेका थिए?’

साथै, उनले सीआईबीले ३ महिनाअघि नै छानबिन गरेर प्रस्तुत गरेको रिपोर्टको फाइल अघि नबढेकोमा आपत्ति जनाए।

‘म प्रश्न गर्न चाहन्छु, सीआईबीले ३ महिनाअघि छानबिन गरेर रिपोर्ट बुझाएको फाइल आज गृहमन्त्रीजीको टेबुलमा छ र त्यो अगाडि बढ्दैन भने आज राजस्व अनुसन्धान विभागले २० दिन छानबिन गरेर सीआईबीलाई फाइल बुझाएको छ। त्यो बीचमा के खेल भयो?,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij