काठमाडौं : भारी वर्षा हुँदा काठमाडौं उपत्यकाका नदीहरूमा बाढी आएको छ। बाढी पूर्वानुमान महाशाखाले बाढीको सतह बढ्दो क्रममा रहेकाले मंगलबार बिहान ११ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ। वर्षाका कारण बागमती, विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको महाशाखाको भनाइ छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij