२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सभामुखसहित शीर्ष नेताको बैठक आज पुनः बस्दै

सभामुखसहित शीर्ष नेताको बैठक आज पुनः बस्दै

काठमाडौं । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ ।

सभामुख घिमिरेसहित हिजो बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बैठक बस्न लागेको हो ।

सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच हिजो दुईपटक छलफल भएको थियो । पहिलो चरणमा दिउँसो १ बजे सिंहदरबारमा र दोस्रो चरणमा साढे ३ बजेपछि बसेको बैठक निष्पर्कविहीन भएको थियो ।

सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक हिजो पनि बस्न सकेन । एमालेले करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । एमालेको मागमा सरकार सहमत भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij