२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

नवलपरासीमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध

नवलपरासीमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ।

सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति २ बजेको समयमा गैँडाकोट-९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी औबर्दघाट-सुस्तापूर्वओ का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिए। अवरुद्ध सडकमा ट्रक फसेकाले हटाउने काम भइरहेको उनले बताए।

भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन्।

ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किँदा यात्रु घाइते भएका प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए। सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij