२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि ढुंगा खस्दा तीन जना घाइते

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि ढुंगा खस्दा तीन जना घाइते

काठमाडौं : सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सोमबार बिहान गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका छन् ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको गुडिरहेको गाडीमाथि ढुंगा झरेको हो।  घाइतेहरुको परिचय खुलेको छैन। घाइते तीनै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ।

राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३, दोभान सिद्धबाबा क्षेत्रको नागको मन्दिर नजिकै माथिल्लो भागबाट ढुंगासहित खसेको पहिरोमा जिपमा परेको  प्रहरीले जनाएको छ। केही समय अवरुद्ध भएको राजमार्ग ढुंगा हटाएर एकतर्फी खुलाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij