२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सुदन किराती भन्छन्– मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले

सुदन किराती भन्छन्– मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५०० को कात्रो र पाँच फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिनँ ।’

पशुपति क्षेत्र विकास कोषको अतिक्रमित ३१ रोपनी जग्गा अतिक्रमण गर्नेकै नाममा वैद्यता दिने निर्णय गरेपछि उनको चौतर्फी आलोचना हुन थालेको हो। किराँतीले अतिक्रमण भएको थाहा हुँदा हुँदै छानबिन रोकेर हालसाबिक कायम रहने निर्णय गरेका हुन्।

पर्यटनमन्त्री पशुपति क्षेत्र विकास कोषको अध्यक्ष रहने प्रावधान छ। अतिक्रमित जग्गा खोज्नुपर्ने अध्यक्षले नै हालसाबिक कायम गरिदिएर अतिक्रमणमा परेको जग्गा गुमेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij