२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

दुई प्रहरी निलम्बित

दुई प्रहरी निलम्बित

काठमाडौँ- नेपाल प्रहरीका दुई प्रहरी जवान निलम्बनमा परेका छन्। सवारी चालकसँग घूस लिएको आरोपमा रौतहट र सर्लाहीका दुईजना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो।

निलम्बनमा पर्नेमा सर्लाहीको बागमतीस्थित ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान विकास कलबार र रौतहटको गरुडामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव छन्।

राजमार्गमा ड्युटी गर्ने क्रममा जिप चालकसँग घूस रकम लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरले नै उनीहरूलाई कारबाही गर्न निर्देशन दिएका थिए।

उनीहरूले जिप चालक रौटहटका सिकन्दर पटेलसित फरक फरक ठाउँमा एक-एक सय रुपैयाँ घूस लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

गाडी चालकहरूले कलवार र यादवले पटक पटक घूस मागेको आरोप लगाइएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij