२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

लोकसेवा आयोगद्वारा पुनः दरखास्त पेस गर्न आह्वान

लोकसेवा आयोगद्वारा पुनः दरखास्त पेस गर्न आह्वान

काठमाडौं- लोकसेवा आयोगले पुनः दरखास्त पेस गर्न आह्वान गरेको छ ।

आइतबार सूचना जारी गर्दै आयोगले विभिन्न पदमा आवेदन दिएका उमेदवारलाई पुनः दरखास्त पेस गर्न आग्रह गरेको हो ।

आयोगबाट २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित पदका लागि वैशाख २० मा पुनः दरखास्त आह्वान गरिएको थियो ।

तर, केही उमेदवारहरूले अझै दरखास्त दिन बाँकी देखिएकोले उक्त विज्ञापनहरूमा यसपूर्व दरखास्त पेस गरी दरखास्त स्वीकृत भई प्रवेशपत्र जारी भइसकेकालगायत सबै उमेदवारहरूले अनिवार्य रूपमा जेठ १८ गतेभित्र पुनः दरखास्त पेस गर्न आयोगले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij