२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

काठमाडौं महानगरको छात्रवृत्ति : ५ हजार १७२ जनाले दिए प्रवेश परीक्षा, ८ सय ४५ गयल

काठमाडौं महानगरको छात्रवृत्ति : ५ हजार १७२ जनाले दिए प्रवेश परीक्षा, ८ सय ४५ गयल

काठमाडौँ- कक्षा ११ का लागि प्रदान गरिने छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज प्रवेश परीक्षा लिएको छ।

३ हजार ९१३ जना छात्र र २ हजार १०४ जना छात्रा गरी ६ हजार १७ जनाले आवेदक विद्यार्थी थिए। आवेदकमध्ये ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ जना विद्यार्थी परीक्षामा सहभागी भएको महानगरले जनाएको छ। जसमध्ये ८४५ जना आवेदक गयल भए।

आवेदकमध्ये ४ हजार १५५ जना विज्ञान विषयका थिए। यीमध्ये ३ हजार ७१३ जनाले परीक्षा दिए। १ हजार ४८४ जना व्यवस्थापन विषय आवेदकमध्ये १ हजार १८० जनाले परीक्षा दिएको बताइएको छ।

२४५ जना प्राविधिक विषयका आवेदकमध्ये १७६ जना, ८९ जना कानुन विषयका आवेदकमध्ये ६९ जना, १८ जना मानविकी विषयका आवेदकमध्ये १६ जना र २६ जना शिक्षा विषयका आवेदकमध्ये १८ जना परीक्षामा सामेल भएको शिक्षा विभागले जानकारी दिएको छ।

१५ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो। परीक्षा सञ्चालन अनुगमनका लागि उपप्रमुख सुनिता डंगोल विभिन्न विद्यालयहरुमा पुगेकी थिइन्।

परीक्षार्थीले उत्तीर्ण हुन कम्तीमा ४० अङ्क प्राप्त गर्नुपर्छ। योग्यता क्रम निर्धारण गर्दा उच्चतम अङ्कलाई आधार मानिने महानगरले जनाएको छ। गलत उत्तरका लागि नेगेटिभ मार्किङ नगरी अनलाइन म्याचिङ् विधिबाट उत्तर परीक्षण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij