२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

माओवादी केन्द्रीय समिति बैठक : अध्यक्ष प्रचण्डले आज जवाफ दिँदै

माओवादी केन्द्रीय समिति बैठक : अध्यक्ष प्रचण्डले आज जवाफ दिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ ।

आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने नेताहरूले बताएका छन् ।

चार दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा २२१ नेताले आफ्नो धारणा राखेका छन् । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि बैठक सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij