२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर

विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । सुरक्षण मुद्रण प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पौडेललाई दुई वर्ष कैद सजाय, २५ करोड विगो र त्यति नै जरिवाना भराउने फैसला गरेको हो ।

सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन विपरित केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिलेर सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पौडेलसहित ६ जनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ विगोसहित मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij