२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

माओवादी बैठकमा बाबुराम र विप्लवलाई पार्टीमा ल्याउन माग

माओवादी बैठकमा बाबुराम र विप्लवलाई पार्टीमा ल्याउन माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)काे केन्द्रीय समिति बैठकमा नेताहरूले बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपालाई एकीकरण प्रक्रियामा ल्याउन माग गरेका छन् ।

जनयुद्धमा सँगै लडेकाहरू एक भएर जानुपर्ने उनीहरूको मत छ ।  बैठकमा केन्द्रीय सदस्य सुवाेध श्रीपालीले भट्टराई र विप्लवलाई पार्टीमा ल्याउनुपर्ने बताए ।

“गुटउपगुटकाे अन्त्य हुनुपर्छ । बाबुराम र विप्लवसँग एकता गरेर जानुपर्छ । हामी आफैँ मिलेर जानुपर्छ । बाबुराम विप्लव आउँदा हामीभित्रै बाझिने अवस्था रहनुहुँदैन,” उनले बैठकमा भने ।

भट्टराईले पार्टी एकतका लागि प्रस्ताव नै पठाएका छन् भने विप्लव भित्र्याउने तयारी भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij