झरना अधिकारी, अमेरिका ।
ग्रेटर अस्टिन क्षेत्रमा बसोबास गर्दै आएका नेपाली समुदायका लागि आइतबारको दिन निकै विशेष रह्यो । उनीहरु आइतबारको दिनलाई विशेष , रमाइलो र सौहार्दपूर्ण बनाउन अस्टिनदेखि ८० किलोमिटर टाढा पर्ने बुकनान ताल क्षेत्रमा रहेको ब्ल्याक रक पार्कमा भेला भएका थिए । सन्दर्भ थियो, ग्रेटर अस्टिन नेपाली सोसाइटीका ट्रष्टीहरुले आयोजना गरेको पिकनिक कार्यक्रम । ग्रेटर अस्टिन नेपाली फेमिलि पिकनिक नाम दिइएको कार्यक्रममा ४ सय भन्दा बढी अमेरिकाबासी नेपालीहरुको सहभागिता रहेको थियो ।

बालबालिकादेखि युवायुवती हुँदै ज्येष्ठ नागरिकहरुले पनि पिकनिकमा निकै रमाइलो गरेका थिए भने सांस्कृतिक र खेलकुद कार्यक्रममा सहभागिता जनाएका थिए । लामो समयपछि नेपाली समुदायबीच आयोजना गरिएको पारिवारिक पिकनिकले आपसी हार्दिकता र सद्भाव बढाउन योगदान गरेको सहभागिहरुको भनाई थियो ।
पिकनिकका केही तस्विरहरु-










© 2026 All right reserved to samajpress.com | Site By : Sobij