काठमाडौँ- सरकारले २४ उपसचिव र ११ शाखा अधिकृतको सरुवा गरेको छ। सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मन्त्रिस्तरीय निर्णयबाट २४ उपसचिव र ११ शाखा अधिकृतसहित ३५ कर्मचारीको सरुवा गरेका हुन्।
लामो समयदेखि सिंहदरबारमा रहेका अधिकांश उपसचिव तथा शाखा अधिकृतलाई प्रदेशस्थित पालिकाहरूको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ।
२४ जना उपसचिवमध्ये १८ जनालाई विभिन्न नगरपालिकाहरूको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ भने सर्लाही र महोत्तरीका तीन उपसचिवलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। बाँकी गृह मन्त्रालय अन्तर्गतका तीन जनालाई युवा, रक्षा र योजना आयोगमा सरुवा गरिएको छ ।
यसैगरी गृह मन्त्रालय तथा अन्तर्गतका ८ जना शाखा अधिकृतहरूलाई मधेस प्रदेशस्थित पालिकाहरूको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाइएको छ भने दुई प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयमा र एक इन्जिनियरको पनि खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्री मोदीले पदभार ग्रहणका क्रममा निमित्त प्रशासकीय अधिकृत शून्यमा झार्ने प्रतिवद्धता गरेका थिए । सोही बमोजिम उनले सिंहदरबारमा अड्डा जमाएर बसेका कर्मचारीहरुलाई विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएका हुन् ।


© 2026 All right reserved to samajpress.com | Site By : Sobij