२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

जनमत पार्टीले सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी ‘मिसन ८४’ अभियान चलाउने

जनमत पार्टीले सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी ‘मिसन ८४’ अभियान चलाउने

काठमाडौ । जनमत पार्टीले २०८४ को निर्वाचन अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी ‘मिसन ८४’ अभियान चलाउने भएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति, सचिवालय, राज्यसमिति, केन्द्रीय कार्यकारिणी गरी चारवटै समितिको संयुक्त बैठकले २०८४ को निर्वाचनलक्षित अभियान चलाउने निर्णय गरिएको पार्टी उपाध्यक्ष अब्दुल खानले जानकारी दिए ।

‘२०८४ मा डा. सीके राउतलाई नै प्रधानमन्त्रीको रूपमा अघि बढाएर चुनावमा होमिने निर्णय भएको छ,’ खानले भने, ‘२०८४ को निर्वाचनलाई कसरी सफल बनाउने र विजयी हासिल गर्ने भनेर एजेन्डामा सहमति भएको छ । जसका लागि ‘मिसन ८४’ भनेर ग्रासरुटसम्म पुग्ने संगठन सुदृढीकरण र विस्तार गर्ने निर्णय भएको छ ।’

जसका लागि तीनवटै तहका निर्वाचनका लागि उमेदवार खडा गराउने तयारी थालिने उनले बताए । “वडास्तरदेखि केन्द्रसम्म चुनाव लड्नका लागि सक्षम र योग्य उमेदवार तयारी गर्ने निर्णय भएको छ,” खानले भने ।

बैठकले पार्टीको केन्द्रीय कार्यालयदेखि सबै जिल्लाको पार्टी कार्यालय व्यवस्थित गरेर वडा तहसम्म पार्टी कार्यालय स्थापना गर्ने पनि निर्णय गरेको छ ।

पार्टीको संयुक्त बैठकले राजनीतिक रूपमा संघीयताको सबलीकरण र पूर्णरूपमा अधिकार सम्पन्न बनाउन एजेन्डा नै पारित गरेको छ ।

बैठकले अहिलेको समसामयिक राजनीतिक विषयमा पनि छलफल र विभिन्न निर्णयहरू गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij