२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

गृहमन्त्रीले सदनमा बोलेपछि संसदीय समिति गठन गरौंः प्रधानमन्त्री

गृहमन्त्रीले सदनमा बोलेपछि संसदीय समिति गठन गरौंः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवालाई यस्तो प्रस्ताव गरेका हुन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले गृहमन्त्रीलाई बोल्न दिए संसदीय समिति गठन गर्ने प्रस्ताव गर्नुभएको जानकारी दिए ।

उनले प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक रहेको भन्दै यसबारे पार्टीमा छलफल गर्ने बताए । कांग्रेसले संसदीय समिति गठन नभएसम्म गृहमन्त्रीलाई बोल्न नदिने भन्दै सदन अवरुद्ध गर्दै आएको छ । नेकपा एमाले भने संसदीय समिति गठनको विपक्षमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij