२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न एकीकृत समाजवादीको माग

गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न एकीकृत समाजवादीको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको विषयमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरेको ।

बिहीबार केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको जानकारी दिए ।

उनले कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको वचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तिय अपराध गरेको घटनाहरू सार्वजनिक भइरहेको बताए ।

उनले भने, ‘सहकारी ठगीमा गृहमन्त्रीको समेत संलग्नताको खबर बाहिरिएका छन् । यो बैठक समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भनि माग गर्दछ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij