२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सभामुख र प्रधानमन्त्रीबीच सदनको गतिरोध हटाउने विषयमा छलफल

सभामुख र प्रधानमन्त्रीबीच सदनको गतिरोध हटाउने विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्रीलाई भेट्न सभामुख घिमिरे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटमा संसदलाई प्रभावकारी बनाउने विषयसँगै केही समयदेखि विपक्षीका कारण भएको अवरोध लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा संलग्न भएको विषय छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij