२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रभु बैंकद्वारा जीडब्लूएमको ईभी गाडी ओरा-३ मा ८० प्रतिशतसम्म कर्जा सुविधा

प्रभु बैंकद्वारा जीडब्लूएमको ईभी गाडी ओरा-३ मा ८० प्रतिशतसम्म कर्जा सुविधा

काठमाडौँ–  नेपालमा जीडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरक भीजी ईम्पेक्स प्रालिले प्रभु बैंक लिमिटेडसँग जीडब्लूएमको इलेक्ट्रिक गाडी ओरा–३ ईभीको लागि वित्तीय सम्झौता गरेको छ।

उक्त सम्झौतामा भीजी ईम्पेक्स जीडब्लूएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेनुप्रसाद पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

जीडब्लूएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे, प्रतिस्पर्धी ब्याजदर, र कर्जा अवधि उपलब्ध गराउने उद्देश्यका साथ यो सहकार्य गरिएको बैंकले जनाएको छ।

प्रभु बैंकले १२.०६ प्रतिशत ब्याजदर सहित अटो कर्जा प्रदान गर्नेछ र बैंकले आफ्नो निर्णयको आधारमा ब्याज दर समायोजन गर्न सक्नेछ।

अटो लोन फाइनान्सिङको लागि, बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउने छ साथै यसको नियमित अधिकतम कर्जा अवधि ५ वर्ष हो, तर विशेष अवस्थामा, यो ७ वर्षसम्म बढाउन सकिन्छ। थप रूपमा, ०.७५ प्रतिशतको प्रशासन शुल्क बैंकद्वारा चार्ज हुनेछ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij