२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि बयान लिइने

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि बयान लिइने

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज पनि बयान लिइँदै छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिइने बताइएको छ।शुक्रबार दुई अभियुक्त केशव दुलाल र सागर राईको बयान लिइएको थियो ।

बुधबार जिल्ला सरकारी वकील कार्यलय काठमाडौंले यस प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । ठगी, किर्ते, राष्ट्रियहितविरुद्धको कसुर, एकीकृत कसुर र संगठित अपराधमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।

उक्त मुद्दामा प्रतिवादी बनाइएका १७ जना पक्राउ परिसकेका छन् भने १३ जनालाई फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij