२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

एमालेले चल्न दिएन राष्ट्रिय सभा, सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन माग

एमालेले चल्न दिएन राष्ट्रिय सभा, सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन माग

काठमाडौँ-  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बिहीबार बसेको राष्ट्रिय सभाको बैठक पनि चल्न दिएन। प्रतिनिधिसभामा साउन १० देखि अवरोध गरिरहेको एमाले बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेर चल्न नदिएको हो।

बैठकको सुरुमा बोल्दै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले गत साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाइनुपर्ने माग गरे।

उनले नेपाल तस्करहरुको देशका रुपमा परिभाषित हुँदै बदनाम भइरहँदा नेपाली जनताको शिर पनि झुकेको बताए। श्रेष्ठले यो प्रकरणमा जोसुकै संलग्न भएपनि उनीहरुलाई कानुनी दायरामा ल्याउने गरी उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि अवरोधमा उत्रिनुपरेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि कसैको कुरा नसुनी भ्रष्टाचारको फाइल खोल्ने भनिहरेका बेला माओवादी नेताहरु जोडिएका सुन तस्करी प्रकरणलाई ढाकछोप कोसि भएको बताए।

क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएपछि राष्ट्रिय सभाको बैठक चल्न नदिने निर्णय भएको श्रेष्ठले भने। सांसद श्रेष्ठले साउन ३ गते भएको सुन तस्करी प्रकरणमा रेडी ट्रेड प्रालि नामको कम्पनीलाई सेटिङकै सामान आयात गर्न अनुमति दिइएको बताए।

रेडी ट्रेड प्रालिले पानी तान्ने मेशिनबाट पनि सुन ल्याएको बताए। उनले साउन ३ गते बरामद सुन ब्रेक शुको नाममा आएको बताउँदै यसमा सरकारका मान्छेको मिलेमतो रहेको पनि बताए।

एमालेका सांसदहरुले उठेर निरन्तर विरोध गरिरहेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अवरोध हटाउन भनेका थिए। तर एमालेका सांसदहरुले विरोधबाट पछि नहट्ने अडान लिए। त्यसपछि राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले साउन २२ गतेसम्मलाई बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij