२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

संसदीय समिति नबनेसम्म कांग्रेसले सदनमा नीति तथा कार्यक्रम पेस गर्न नदिने

संसदीय समिति नबनेसम्म कांग्रेसले सदनमा नीति तथा कार्यक्रम पेस गर्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरिए सरकारको नीति तथा कार्यक्रम पेस गर्न नदिने भएको छ ।

सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउन सत्तासाझेदार दलसँग छलफल गर्ने भनेकाले भोलि बिहानसम्म पर्खने निर्णय बैठकले गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘सरकारले संसदको अवरोध खुलाउने संकेत देखाएको छैन। समिति नबनेसम्म नीति तथा कार्यक्रम वा अरू जे भएपनि संसद अगाडि बढ्न दिदैनौं।’

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यता प्रधानमन्त्रीले आज साँझसम्म सदनमा देखिएको गतिरोधको निकास निकाल्ने बताएका छन् । चितवनमा रहेका प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेसँगको टेलिफोन वार्तामा चितवनबाट फर्केर कांग्रेससँग वार्ता सुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij