२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

न्यूरोडमा आठ तलाबाट हाम फालेर एक जनाको मृत्यु

न्यूरोडमा आठ तलाबाट हाम फालेर एक जनाको मृत्यु

काठमाडौँ- काठमाडौंको न्यूरोडमा आठ तलाबाट हाम फालेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ५५ वर्षीय संजय गुप्ताले आफ्नै घरको आठौं तलाबाट हामफालेका हुन्।

न्यूरोड मासागल्लीस्थित आफ्नै घरको छतबाट हामफालेका गुप्तालाई उपचारका लागि लाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ।

न्यूरोडमा रहेको उक्त घरको माथिल्लो तलामा आफू बस्दै आएका थिए भने बाँकी तला व्यापारीक प्रयोजनका लागि भाडामा लगाइएको थियो।

गुप्ताको परिवार भने बालुवाटारमा रहेको अर्को घरमा बस्दै आएका थिए।

मंगलबार दिउँसो साढे १ बजे उनले हामफालेका थिए। हामफाल्नु अघि उनी उक्त घरमा निकैबेर तलमाथि गरिरहेका अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij