२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

कांग्रेसको संसदीय समिति गठनको माग पूरा हुँदैनः प्रमुख सचेतक बर्तौला

कांग्रेसको संसदीय समिति गठनको माग पूरा हुँदैनः प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुन नसक्ने बताएको छ ।

सभामुखले सदनको गतिरोध हटाउन आयोजना गरेको छलफलपछि पत्रकारहरुसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले संसदीय समितिका नाममा सरकार माग गरेको आरोप लगाए ।

उनले कांग्रेसले आत्महत्या गर्छु भनेजसरी प्रस्तुत भए पनि संसदीय छानबिन समिति नबन्ने बताए । उनले भने,‘ कांग्रेसल मागेको संसदीय छानबिन समिति कानुन र नियमसंगत छैन । कांग्रेसले आत्महत्या गर्छु भनेजसरी प्रस्तुत भए पनि यो माग पूरा हुने अवस्था छैन।’

उनले कांग्रेसको माग सहकारी पीडितलाई न्याय दिने खालको नभएको भन्दै केवल सरकारसँग जोडिएर आएको बताए । उनले सहकारी पीडितको रकम फिर्ता गर्ने सबालमा एमालेले पनि सरकारलाई दबाब दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij