२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

खाना पकाउने ग्यासमा १३० रुपैयाँ घट्यो, डिजेल र पेट्रोलको मूल्य कति ?

खाना पकाउने ग्यासमा १३० रुपैयाँ घट्यो, डिजेल र पेट्रोलको मूल्य कति ?

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ग्यासमा मूल्य घटाएको छ । यसअघि ग्यासको मूल्य स्थिर रहने गरेकोमा आयल निगमले बुधबार ग्यासको मूल्यमा १३० रुपैयाँ घटाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार ग्यासको प्रतिसिलिण्डर मूल्य १६ सय ६० तोकिएको छ । ग्यासको मूल्य घटेपनि निगमले पेट्रोल र डिजेलमा भने मूल्य बढाएको छ ।

पेट्रोलमा ९ रुपैयाँ मूल्य बढेको छ भने डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढेको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij