२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध

प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध

काठमाडौँ । नेपाली कांंग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । शुक्रबार बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै कांग्रेसले अवरोध गरेको हो । सभामुखले बैठक अगाडि बढाउने क्रममा राष्ट्रपति कार्यालयले पठाएको पत्र वाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर अवरोध गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठकमा दलीय आधारमा बोल्न समय दिने जानकारी गराउँदै आसनमा बस्न आग्रह गरेका थिए । तर कांग्रेसले नियमित कार्यसूचीमा जान नसक्ने बताएपछि सभामुखले कांग्रेस महामन्त्रीलाई बोल्न समय दिएका थिए ।

महामन्त्री थापाले संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने चेतावनी दिए । त्यसपछि सभामुखले राष्ट्रपति कार्यालयबाट आएका पत्र वाचन गर्न लागेका थिए । तर कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले बैठक १५ मिनेटका स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij