२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको रुपमा नभई दलको नेताको रुपमा संसदमा बोल्न दिने निर्णय गरेको हो ।

बैठकले सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि संसदीय समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने निर्णय पनि गरेको छ । सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म सदन अवरुद्ध गर्ने बैठकले निर्णय गरेको छ ।

यसअघि सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको नाम मुछिएपछि उनलाई संसदमा बोल्न दिन कांग्रेसले मानेको थिएन । आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij