२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

कांग्रेस संसदीय दलको बैठक स्थगित

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हालमा आज बस्ने भनिएको बैठक पूर्वमन्त्री, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको हो । उनको यही वैशाख २५ गते निधन भएको हो ।

गुरुङको आज अन्त्येष्टि गरिने हुँदा बैठक स्थगित गरिएको कांग्रेस संसदीय दलले जनाएको छ । स्थगित संसदीय दलको बैठक यही वैशाख २८ गते बिहान ८ः३० बजे बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हलमा बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij