२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आजको संसद्‌ बैठकबाट टोपबहादुर रायमाझीलाई निलम्बन गरिने

आजको संसद्‌ बैठकबाट टोपबहादुर रायमाझीलाई निलम्बन गरिने

काठमाडौं :  प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक आज दिउँसो १ बजे बोलाइएको छ।

आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले देवराज घिमिरेले जनाकारी गराउँनेछन्। ​ यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ।

यस्तै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन्।

एमालेले रायमाझीलाई पार्टीको सचिव पदबाट भने पहिले नै निलम्बन गरिसकेको छ। त्यस्तै सय किलो सुन प्रकरणको विषयलाई लिएर एमालेले संसद् अवरुद्ध गर्दै आइरहेको छ। आजको बैठक पनि निलम्बन गर्ने तयारी एमालेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij