२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सय किलो सुन प्रकरण : हङकङलाई पत्र लेख्दै भन्सार विभागले माग्यो सुन पठाउनेको विवरण

सय किलो सुन प्रकरण : हङकङलाई पत्र लेख्दै भन्सार विभागले माग्यो सुन पठाउनेको विवरण

काठमाडौँ- नेपालले सुन तस्करी प्रकरणको अनुसन्धानमा सहयोग गर्न हङकङलाई आग्रह गरेको छ। भन्सार विभागले हङकङको भन्सारलाई पत्र लेख्दै सुन सुन पठाउने व्यक्तिहरुबारे जानकारी माग गरेको हो।

साउन २ मा मोटरसाइलको ब्रेक सुमा राखेर ल्याइएको सय किलो सुन बरामद भएपछि तस्करीको खुलासा भएको थियो। तस्करीमा भन्सार विभागका कर्मचारी पनि संलग्न रहेको पाइएको छ।

‘हामीले हङकङको भन्सार विभागसँग सुन बरामदको घटनापछि ती व्यक्तिहरुले निर्यात गरेका छन् कि छैनन् भनेर विस्तृत जानकारी मागेका छौँ,’ विभागका प्रवक्ता पुण्यविक्रम खड्काले भनेका छन्।

नेपालमा वाणिज्य बैंकहरुले बाहेक अरुले सुन भित्र्याउन पाउँदैनन्। यो व्यवस्थाको पालना किन नगरिएको हो भन्ने विषयमा आफूहरुको चासो रहेको खड्काले बताएका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यस विषयमा हङकङको भन्सार विभागले भने बोल्न अस्वीकार गरेको छ। ‘कुनै तस्करीको घटना भए हामी त्यसमा जोडदार कदम चाल्नेछौँ। हामी कुनै गैरकानुनी काम सहँदैनौँ भन्नेमा जोड दिन चाहन्छौँ,’ विभागका प्रवक्ताले भनेका छन्।

रेडी ट्रेड नामक कम्पनीले सो सुन भित्र्याएको थियो। तस्करीमा संलग्न भएको आशंकामा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij