२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चा घोषणा गर्ने

समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चा घोषणा गर्ने

काठमाडौं : समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विहान ११ बजे विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij